Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माधव कुमार नेपालको खड्ग ओलीसँग निर्णायक वार्ता हुँदै

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं ।फुटको संघारमा रहेको नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष खड्ग अ‍ोलीले माधव नेपाल पक्षलाई छलफलका लागि अनुरोध गरेपश्चात अहिले केही बेरमा नै नेकपा एमालेको  केन्द्रिय कार्यालय वार्ता हुँदै छ।

धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।

त्यस्तै अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् । माधव नेपाल पक्षले आइतवारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो ।

पार्टीमा निषेधको र छलछामको राजनीति गरेर षडेन्त्रकारीको उपमा पाएका खड्ग ओलीको आजको छलफललाई पनि अर्को षडयन्त्रको तानाबानाको रूपमा आम जनमानसले लिएका छन्।पुस ५ गते सर्वोच्चले नेकपा फुटाइदिएपछि खड्ग ओलीसँग माधव नेपाल पक्षको यो नै प्रथम छलफल हो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link