Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

खड्ग ओलीको अर्को षडयन्त्र !

loading views..
Nepal Telcome

काश्की। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन्। सोमबार बिहान ओलीले प्रचण्डलाई फोन गरेर भेटको प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए।

‘उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ। प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ,’ प्रचण्ड निकट ती नेताले भने, ‘त्यसपछि उहाँ(ओली) ले बिहान बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ। त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्‍नुभयो।’

ओलीले भने प्रचण्डसँग आफूले केही कुरा गर्न चाहेको बताएका थिए। ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ। मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन। तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले प्रचण्डसँग भनेका थिए। माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका त्ओयसो त खड्ग ओलीले आइतबार साँझ नै प्रचण्डलाई फोन गरेका थिए। गत पुस १५ गते ओलीले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए। त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको थिएन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link