Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माकेले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने भएको छ। आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही, सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषयमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको छ।

बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी समितिलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ।

माओवादी सरकारको समर्थन फिर्ता लिने विषयमा जसपाको निर्णयको प्रतिपक्षमा थियो। तर अब जसपालाई प्रतिक्षा नगर्ने निष्कर्षमा माओवादी पुगेको माओवादी स्रोतले जनाएको छ। माओवादी स्थायी समितिका एक सदस्यले सम्भवतः मंगलबार सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link