माधव नेपाललाई कार्बाहीका लागि तयार रहन चेतावनी सहितको स्पष्टीकरण

माधव नेपाललाई कार्बाहीका लागि तयार रहन चेतावनी सहितको स्पष्टीकरण

  • मंगलबार, चैत्र १० २०७७

पोखरा।प्रधानमन्त्री केपी ओलीले माधव नेपाल समुहले बहिष्कार गरेको केन्द्रिय समिति वैठकवाट पार्टीका चार नेतालाई सोधेकोस्पष्टिकरण पत्र सम्वन्धित नेतालाई हिजो सोमबार पठाएको महाधिवेशन आयोजक समिति सदस्य भन्दै चारै नेताहरु माधवनेपाल, भीम रावल, सुरेन्द्र पाण्डे घनश्याम भुषाललाई सम्वोधन गदै अलग अलग ब्यहोराको लिखित पत्र महासचिव इश्वरपोखरेलको हस्ताक्षर गरेर केन्द्रीय कार्यालयका तर्फवाट पठाइएको भुषाललाई , रावल पाण्डेलाई नेता नेपाललाई १०बुँदे स्पष्टिकरण पत्र थमाइएको

नेता नेपालको पत्र उनका स्वकिय सचिव नितेश पौडेलले बुझेका थिए त्यस्तै पाण्डेको पत्र स्वकीय सचिव सञ्जिव पाण्डेले बुझेकाथिए रावल भुषालले भने पत्र बुझेका थिएनन रावलको पत्र उनको निवासको पत्रमन्जुसामा भुषालको पत्र पनि त्यसैगरीछोडिएको केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए

तीन दिनभित्र लिखित रुपमा जवाफ दिन भन्दै सवै नेतालाई लिखित जवाफ नबुझाए कारवाहीको चेतावनी पनि स्पष्टिकरण पत्रमैउल्लेख गरी पठाइएको नेता नेपाललाई साविक नेकपा हुँदा अध्यक्ष एवंम प्रधनमन्त्री केपी ओली विरुद्द प्रचण्डको मतियार भएरकिन १९ वुँदे आरोप पत्र तयार पारेको, छापामार शैलीमा सचिवालयमा प्रस्तुतु गर्ने त्यसलाई पार्टीको नाम , लोगो झण्डा समेतकोदुरुपयोग गरेर अनाधिकृत काम गरेको आरोप लगाइएको

कानुन विपरित सडकबाट अध्यक्ष ओलीलाई नेकपाको अध्यक्ष साधारण सदस्य समेतबाट के आधारमा निष्कासन गरेको भनेरसम्म नेपाललाई सोधिएको अझै पनि पार्टी हित विपरित पार्टीको वैद्यानिक ब्यवस्था कार्यक्रमको विपक्षमा सार्वजनिकक्रियाकलाप गरेको, पार्टी विद्यान तथा निर्णय विपरित गुटवन्दी तथा षडायन्त्र गरेको, पार्टी निर्णय वारम्वार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा विश्वास नरहने गरी भ्रम फैलाई स्वंम पार्टी प्रतिको निष्ठा विश्वासवाट च्यूत भएको, पार्टीको प्रतिष्ठा मर्यादामाआँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरु सञ्चालन गरे, गराएको, पार्टी कमिटिको गोपनियता भंग गरे, गराएको जस्ताआरोप नेपालमाथि लगाउँदै स्पष्टिकरण सोधिएको

त्यसैगरी पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साठगाठ गरे, गराएको, केन्द्रीय जनप्रतिनिधीसस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहदा पार्टी निर्णय निर्देशन विपरित विभिन्न क्रियाकलापहरुमा पार्टीका जिम्मेवारब्यक्तिहरुलाई सम्मिलित गराएको, उक्साएको, अवाञ्छित तत्वसँग साठगाठ गरी राष्ट्रहित विपरित काम गरे, गराएको, पार्टीकोविधान नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटिहरुले पालना गर्नुपर्ने भनी उल्लेखित कर्तब्यको उल्लंघन गरे गराएको समेत प्रष्टदेखिएकोले के कति कारणले त्यस्तो काम गरेको भनी महासचिव पोखरेलले हस्ताक्षर गरेको स्पष्टिकरण पत्र नेता नेपाललाईपठाइएको

तीन दिन भित्र चित्तवुझदो जवाफ नदिए विद्यान नियमावली अनुसार कारवाही गर्ने पनि ओली पक्षले पठाएको पत्रमा उल्लेख चैत को केन्द्रीय समिति वैठकले ओलीलाई पार्टीमा थप अधिकार सुम्पिदै नेता नेपाल सहितका नेतालाई भने अनुशासनहिन कामगरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।  नेपाल सहतिका नेतालाई पार्टी विद्यानको धारा ४९() को , १० १४ को उल्लंघन गरेको सप्रमाणमा देखिएकोले आरोपमाथिको स्पष्टिकरण दिन समय दिइएको महासचिव पोखरेलले हस्ताक्षरगरेर पठाएको पत्रमा उललेख

तर वरिष्ठ नेता नेपाल पक्षले भने स्पष्टकरण पूर्वाग्रही ढंगवाट सोधिएको भन्दै जवाफ ओलीले नै दिनुपर्ने बताउदै आएको नेपालपक्षका स्थायी समिति सदस्यहरुको सोमबार बसेको अनौपचारिक वैठकमा ओली पक्षले पठाएको पत्रको जवाफ दिने निष्कर्षनिकालेका छन् त्यसमा ओलीमाथी नै प्रश्न उठाउदै जवाफ फर्काउने तयारी गरेको एक नेताले बताए

यस्ता छन् माधव नेपालमाथीको १० अरोप

आरोप :

तपाईंले साबिक नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठलामो अराजनीतिक, तथ्यहीन शत्रुतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टीसचिवालयमा प्रस्तुत गर्न त्यसलाई पार्टीको नाम, झन्डा लोगोसमेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशितगरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियारसमेत भई पार्टी हितविपरीत कार्य गरेको गराउनुपर्नाको कारण के हो

आरोप  :

नेकपाको विधानविपरीत सडक तथा अनधिकृत स्थानमा बसी अनधिकृत कानुनविपरीत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीअध्यक्ष साधारण सदस्यसमेतबाट केकुन आधारमा सडकबाटै कथित निष्कासनको निर्णय गर्नुगराउनुभएको हो ?

आरोप :

निर्वाचन आयोगमा पार्टी विधान हितविपरीत पटकपटक तपाईं तपाईंसमेत भई विभिन्न प्रकारका निवेदनहरू केकति कारणलेगर्नुगराउनुभएको हो ?

आरोप :

पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिह्न झन्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने गराउने उद्देश्यका साथ विभिन्नकथित निवेदन लिई निर्वाचन आयोगमा पटकपटक किन जानुभएको हो ? , पार्टी फुटाउँदा केकुन उद्देश्य हासिल हुने हो

आरोप :

पार्टी अध्यक्ष महासचिवद्वारा ०७७ चैत गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिह्न झन्डाकोदुरुपयोग गरी मिति ०७७ चैत गते कथित राष्ट्रिय भेला गरेको, विभिन्न अन्य भेलाहरू निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटीतथा भ्रातृ संगठनहरूको भेला गरी अनधिकृत रूपले विभिन्न कार्य गरीगराई पार्टी फुटाउन नेतृत्व अगुवाइ किन गर्नुभएको हो

आरोप :

केपी ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका विरुद्ध संसद्, सञ्चारमाध्यम सडकबाट निरन्तर विरोध गरेको आफ्नै सरकारकाविरुद्ध आफ्नो दलका नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधिसभाकाकतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षरसमेतगरी मिति ०७७ पुस गते संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरेकोजस्तो गर्नै नहुने अत्यन्तै हानिकारक अनुशासनहीन काम किन गर्नुभयो ?

आरोप :

ससम्मानित सर्वोच्च अदालतको मिति ०७७ फागुन २३ गतेको फैसलापछि एमालेको केन्द्रीय कमिटीका दशौँ, एघारौँ बाह्रौँ बैठक संसदीय दलका बैठकहरूमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान निर्देशनविपरीत पार्टी जनसंगठनहरूको नाम, झन्डा चिह्नको दुरुपयोग गरी समानान्तर संगठन निर्माण गर्ने कथित राष्ट्रिय कार्यकर्ता भेला तथा विभिन्न नामका कथित भेलाहरूआयोजना गर्नु पार्टी पार्टीको एकताविरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु गराउनुको कारण के हो ?

आरोप :

विपक्षी राजनीतिक दलहरूसँग गठबन्धन गरी आफ्नो पार्टीको अध्यक्ष एवं दलका नेता केपी ओली नेतृत्वको सरकार गिराउन अन्यराजनीतिक पार्टीका नेताहरूलाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो

आरोप :

माधव नेपालहरू सके एमाले कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न आउनुहुन्छभन्ने पुष्पकमलदाहालका सार्वजनिक भनाइहरूप्रति तपाईंको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमलदाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ के हो

आरोप १० :

पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथानिर्णयविपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा विश्वास नरहने गरी भ्रमफैलाई स्वयं पार्टीप्रतिको निष्ठा विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा मर्यादामा आँच आउने गरी निरन्तर विभिन्नक्रियाकलापहरू सञ्चालन गरेगराएको, पार्टी कमिटीको गोपनीयता भंग गरेगराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमारहेको वा विपक्षीसँग साँठगाँठ गरेगराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय निर्देशनविपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेकोगराइरहेको यस्ता अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवारव्यक्तिहरूलाई सम्मिलित गराएकोउक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहितविपरीत काम गरेगराएको, पार्टीकोविधान नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनी उल्लेखित कर्तव्यको उल्लंघन गरेगराएकोसमेत प्रस्टदेखिएकाले यस्तो क्रियाकलाप निरन्तर गरीगराई पार्टी हितविपरीत, पार्टीको एकता, अक्षुण्णता अग्रगामी कार्यको विरुद्ध, पार्टीलेराष्ट्रहित तथा जनहितका लागि गरिरहेको गर्नुपर्ने कार्यलाई रोक्ने पार्टीजीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाईविभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरू गरेगराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरू केकति कारणले निरन्तर गर्नुगराउनु भएको हो ? मिति ०७७ चैत गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीकोबाह्रौँ बैठकको निर्णयबमोजिम माथि उल्लिखित विषयहरूमा तपाईंले पार्टी विधानको धारा ४९ () को , , , , , , , , १० १४ को उल्लंघन गरेको सप्रमाण देखिएकाले तपाईंलाई पार्टी विधानबमोजिम कारबाही किन नगर्ने

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.