Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

शंकर पोख्रेलद्वारा माधव कुमार गुटलाई बिगतको टुटफुटको इतिहासबाट पाठ सिक्न अनुरोध

loading views..

पोखरा।नेकपा एमालेका नेता शंकर पोखरेलले एमालेबाट फुटेर माले बनाउँदाको इतिहास स्मरण गराएका छन्। सर्वोच्चो अदालतले पुनर्स्थापना गरेको एमाले विभाजनको संघारमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले विगतको गल्तीबाट पाठ सिक्न सुझाव दिएका हुन्।

‘एमालेबाट माले बनाउँदाका उन्माद कम्ता थिएनन्। तर त्यसले सयौं कार्यकर्ताको राजनीतिक जीवन समाप्त भयो,’ नेता पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्, ‘इतिहासबाट शिक्षा नलिनु भूल हुनेछ।’

नेकपा एमालेको आयोजनामा नेकपाको पाचौँ महाधिवेशन २०४९ माघ १४–२० मा काठमाडौंमा खुला रूपमा सम्पन्न भयो। २०४६ सालको ऐतिहासिक जनआन्दोलनपश्चात् बहुदल आएपछि खुला रुपमा दलहरुले गतिविधि गर्न थाले। यस महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गऱ्यो।

जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिका लागि नयाँ दिशाबोध गर्ने काम गरेको नेकपाको एमालेको पाँचौँ महाधिवेशन अभूतपूर्व रह्यो। पाँचौँ महाधिवेशनद्वारा पारित सिद्धान्त, नीति र कार्यक्रमको मार्गदर्शनमा अघि बढ्ने क्रममा अहिले नेकपा एमाले लोकप्रिय पार्टी बन्न सक्यो। एमालेले वर्तमानमा हासिल गरेको सफलताको श्रेय पाँचौँ राष्ट्रिय महाधिवेशनलाई नै मानिँदै आएको छ। जनताको बहुदलीय जनवाद मदन भण्डारीले प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम भएको दाबी एमालेले गर्दै आएको छ।

नेकपा एमालेको आयोजनामा नेकपाको छैटौँ राष्ट्रिय महाधिवेशन २०५४ माघ १२–१८, मा नेपालगंजमा भयो। महाधिवेशनमा संगठित पार्टी सदस्यहरूमध्येबाट १८० बराबर एक जनाका दरले करिब ९०० प्रतिनिधि सहभागी महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र माधव नेपाललाई महासचिवमा चयन गर्‍यो।

यद्यपि, पार्टीभित्रका विवाद भने पूर्णतः अन्त्य भएनन्। फलतः २०५४ फागुन २१ गते पार्टी विभाजन भयो। झण्डै चार वर्षको तीव्र विवादपछि २०५८ फागुन ४ गते पार्टीमा पुनः एकता कायम भयो।

२०५४ सालमा महाकाली सन्धिको विषयमा भएको विवादले एमाले फुटेको थियो। फुटपछि माधव नेपालको नेतृत्वमा नेकपा (एमाले) र सीपी मैनालीको नेतृत्वमा नेकपा (माले) बन्यो। वामदेव गौतम लगायतका नेताहरु पनि मालेतिर लागे।

२०५६ मा भएको आम निर्वाचनमा मालेले एक सिट पनि जित्न सकेन। एमालेले पनि अपेक्षित नतिजा ल्याउन सकेन। मालेले राष्ट्रियताको मुद्दा उठाए पनि मूलधार एमालेतिर भएकाले संगठनमा कमजोर भयो। मुख्यमन्त्री पोखरेलले २०५४ को विभाजनबाट शिक्षा लिन नेपाल पक्षलाई चेतावनी दिएका हुन्।लोकपाटीबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्