कैलाली। आमनागरिक र जनता माहामारीको संकटमा हुँदा देशमा बेथिती र भ्रष्टाचार बढाउँदै लगेको नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारलाई प्रतिक्षीदल नेपाली कांग्रेस सडकमा ओर्लिएर चुनौती दिएको छ। सोमबार देशव्यापीरुपमा विरोध प्रदर्शन गर्दै नेपाली कांग्रेसले सरकारलाई सही मार्गमा हिड्न चुनौती दिएको हो।
यसैबीच सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई नेपाली कांग्रेसका नेता गगन थापाले सम्बोधन गरेका छन्। विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले ७ वटा प्रदेशमध्ये ६ वटामा प्रदेश सरकार, ४ सयभन्दा बढी स्थानीय सरकार भएपनि सर्वसत्तावादी सरकारले जनताको पक्षमा सिन्को पनि नभाँचेको बताए। उनले भने, ‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न सकेको छैन्, यस्तो नालायक सरकार मुर्दाबाद।’ नेता थापाले सरकारले कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउने गरेको बताए। नेता थापाले भने, ‘कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउँछ। यस्तो हावादारी सरकार मुर्दाबाद।’
आफ्नो सम्वोधनको क्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई निशानामा लिएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनका पति मदन भण्डारीले तत्कालिन राजा विरेन्द्रलाई चुनौती दिएकै शैलीमा भने हिम्मत भए काठमाडौंमा चुनाव लड्न आइवक्स्योस। उनले भ्रष्ट्रचारी खोज्नुपरे वालुवाटार गए पुग्ने भन्दै प्रधानमन्त्रीलाई पनि ललकारे।
आफ्नो पार्टी कांग्रेसले राजालाई पनि फालेकाले राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको उनको दाबी छ । ‘राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ, उनले भने। नेता थापाले कांग्रेस यसअघि सरकारमा नआउनुको कारणबारे स्पष्ट पार्दै भन्नुभयो, ‘कांग्रेस नसकेर सरकार सडकमा नआएको होइन, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’
कांग्रेसले सहयोग गर्न खोजे पनि बालुवाटरमा लुकेर षड्यन्त्र मात्रै गरेकोले सरकारलाई खवरदारी गर्न कांग्रेस सडकमा ओर्लिएको उहाँको भनाइ छ । सरकारलाई ठिक ठाउँमा जान बाध्य नपार्दासम्म कांग्रेसले विश्राम नलिने पनि उनले ठोकुवा गरे ।
नेकपा सरकार शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउन नसकिरहेको उनले टिप्पणी गरे। ‘नेकपाको सरकारले तत्काल चाहिएको र तत्काल पूरा हुने कुरा गर्दैन, तर कहिल्यै पूरा नहुने हावा कुरा मात्रै गर्छ’, नेता थापाले भने।
कहिल्यै भ्रष्टाचार गर्दिन भन्दै सरकार बालुवाटारको जग्गा, ओम्नी, यतिहुँदै ७० करोडसम्मका दर्जनौ काण्डको साथी र मतियार बनेको उनले दाबी गरे । तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा भन्दै ७७ वटै जिल्लामा कांग्रेसले प्रदर्शन सुरु गरेको छ ।
सरकारविरुद्ध देशव्यापी रुपमा हिजो नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको थियो ।विरोध प्रदर्शनका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद जिन्दावाद, नेपाली कांग्रेस –जिन्दावाद जिन्दावाद, सर्वसत्तावादी ओली सरकार –मुर्दावाद लगायतका नारा कांग्रेसले लगाएको थियो। यसैगरि दुर्व्यवहार–अपमान र अत्याचार, बढ्यो महिला हिंसा र बलात्कार –अकर्मण्य भो ओली सरकार लगायतका नाराहरु समेत लागेका थिए।हाम्राकुराबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.