Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

भारत विरोधी प्रदर्शनमा बंगलादेशमा पाँच जनाको मृत्यु

loading views..
Nepal Telcome
नदीपुर दुध

ढाका। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा छन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणपछि मोदी त्यहाँ पुगेका हुन्। बंगलादेशमा मोदीको चर्को विरोध पनि भइरहेको छ। बंगलादेशको कट्टर इस्लामिक ग्रुप हिफाजत-ए-इस्लामका सदस्यले मोदीविरुद्ध सडकमा चर्को प्रदर्शन गरिरहेका छन्।

बंगलादेशको पुलिस र हिफाजत-ए-इस्लामका सदस्यबीच झडपपछि शनिबारसम्म पाँच जनाले ज्यान गुमाइसकेका छन्। पुलिस अधिकारीका अनुसार चटगाउँमा प्रदर्शनका क्रममा पुलिसले गोली चलाउँदा ५ जना घाइते भएका थिए। उनीहरु सबैको चटगाउँस्थित मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो।

गत वर्ष कोरोना संक्रमण फैलिएपछि मोदीले विदेश यात्रा २०२० मार्चमा रद्द गरेका थिए। कोरोना संकटविरुद्ध खोप अभियान सुरु भएसँगै मोदी विदेश भ्रमणमा निस्किएका हुन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link