गोरखामा जीप दुर्घटना!

गोरखामा जीप दुर्घटना!

  • आइतबार, चैत्र २२ २०७७

गोरखा। जिल्ला बारपाक सुलिकोट गाउँपालिका-२ राङरुङमा शनिबार बेलुका (हिजो)करिब ७ बजे जिप दुर्घटना भएको थियो।

लम्जुङको दुधपोखरी गाउँपालिका विचौरको बागेश्वरी माध्यमिक विद्यालयका शिक्षकहरुको  टोली सवार ना ५ च ३२९८ नम्बरको बलेरो जीप बारपाक घुमेर फर्किदै गर्दा राङरुङमा भन्ने ठाउँमा दुर्घटना भएको  हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार जीपमा ९ जना यात्रु सवार थिए । उनीहरू मध्ये २ जनाको अवस्था गम्भिर छ भने ३ जनाको स्थानीय बालुवा स्वास्थ्य केन्द्रमा उपचार गरिएको हाल उनीहरूको स्वास्थ्य अबस्था  सामान्य रहेको उनले बताए ।

शिक्षकहरु सवार जीप राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा दूधपोखरी गाउँपालिका २ बिचौरका ५५ बर्षका रामेश्वर न्यौपाने, ४५ बर्षका ठाकुर दवाडी गम्भीर घाइते भएका छन् ।

उनीहरुको अबस्था चिन्ताजनक रहेको र चिकित्सकले प्रमाणित नगरी यसै भन्न नसक्ने प्रहरीले जनाएको छ । त्यस्तै ३० बर्षका विष्णु दवाडी, २८ बर्षका अनील मरहठ्ठा, १८ बर्षका अमृत दवाडी, २६ बर्षका विष्णु न्यौपाने, २९ बर्षका अमृत दवाडी, तनहूँको व्यास नगरपालिका १ दमौलीका ३६ बर्षका सुशील नराल घाइते भएका छन् ।#गोरखा सन्देशबाट

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.