Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

पेट्रोलियम पदार्थमा मूल्य बृद्धि!

loading views..
Nepal Telcome

पोखरा।नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको हो।

मूल्यवृद्धि पछि पेट्रोल लिटरको १ सय २० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ३ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। निगमलाई खाना पकाउने एलपीजी ग्यास एक सिलिण्डरमा ४ सय १८ रुपैयाँ ४७ पैसा  घाटा छ। निगमलाई ग्यासबाट मात्रै ६० करोड १३ लाख रुपैयाँ घाटा छ।

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल लिटरमा ७ रुपैयाँ ३९ पैसा र डिजलमा १ रुपैयाँ ९४ पैसा घाटा छ। निगमलाई मूल्य वृद्धि पछि पनि १५ दिनमा ८८ करोड घाटा हुने दाबी गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link