हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सर्वसत्तावादी सरकारलाई सचेत बनाउन सडकमा ओर्लिएको नेपाली कांग्रेसले देशभर व्यापक बिरोध प्रदर्शन गरेको छ। देशभर प्रदर्शन गरेको कांग्रेसका सभापति शेर बहादुर देउवा भने हेटौंडामा पुगेर जनसभालाई प्रदर्शन गरेका छन्। चुनाव अघी कम्युनिष्टले जीते रुन पनि नपाइने भनेर अभिव्यक्ति दिएका देउवाले आज सोहि कुरा सम्झाउँदै भने अहिले रोए पनि किन रोएको भनेर जेल हालिदिने स्थिति बनेको छ।
सरकारकै कारण राजा आउ भन्ने आवाज बढ्दै गएको सभापति देउवाले बताए। देउवाले भने, ‘अहिले मानिसहरु सडकमा राजा आऊ देश बचाऊ भनेर हिँड्दै छन्। यो सबै कम्युनिस्ट सरकारबाट आजित भएर मानिसहरुले त्यस्तो भनिरहेका छन्।’ उनले सरकारकै कारण गणतन्त्र खतरामा परेको बताए ।
पार्टी सभापति देउवाले सम्वोधन गर्नुअघी उनीसँगै हेटौंडा पुगेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्दै सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न चेतावनी दिएका थिए। शर्माले कोरोना भाइरसको महामारीका बेला कांग्रेस सडकमा आउनुको कारण १ लाख रुपैयाँ अस्पतालमा जम्मा गर्न नसकेर ज्यान गुमाउनेका नेपालीको जिम्मेवार को हो भन्दै प्रश्न उठाउँन सडकमा आएको बताए । उनले किन सरकारले कोरोना परीक्षण दर बढाएन, किन क्वारेन्टिन व्यवस्थापन भएन,किन काठमाडौंको सडकमा सुर्यबहादुर तमाङलगायतले भोक भोकै ज्यान गुमाए ? कांग्रेस यस्तै प्रश्न गर्न सडकमा आएका शर्माले बताए
उनले भनेका छन्, एमाले र माओवादीलाई भोट दिने साथीहरु के जनता मरिरहँदा बालुवाटारमा यस्तै होस् भन्नका लागि दिनु भएको थियो। कोरोना भाइरसको माहामारीका बेला देशमा जनता स्वास्थ्य सेवा नपाएर, खाना नपाएर ज्यान गुमाइरहँदा नेकपाको सरकार सत्ता तानातान गरिरहेको उनले बताए।
नेता शर्माले जताततै भ्रष्टाचार भइरहेका बेला यसको रोकथाम र निष्पक्ष छानबिनका लागि कांग्रेस सडकमा आएको बताए। बुढीगण्डकी नेपालीको लगानीमा बनाउने निर्णय भएको तर नेकपा सरकारले चीनको एक विवादास्पद कम्पनीलाई बीना प्रतिस्पर्धा दिइयो यो भ्रष्टाचार होकी हैन् उनले कार्यक्रममा प्रश्न गरे। त्यस्तै उनले ७० करोडको कमिसनदेखि कात्रोदेखि स्वासप्रश्वासको औषधिमा सरकारले भ्रष्टाचार गरेको आरोपको जवाफ माग्न आएको बताए।हाम्राकुराबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.