Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

एमाले छिरेर मन्त्री बनेका चार माओबादी सांसद निलम्बित!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेकपा माओवादी केन्द्रले  प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन गरेको छ ।  निलम्बन  पत्र मंगलबार माओवादीले संसदसचिवालयमा दर्ता गराएको प्रमुख सचेतक देव गुरुङले  जानकारी गराए । 

गुरुङले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरीकारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिए । 

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेकाथिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् । मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्रभने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन । 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link