Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्डले नयाँ क्रान्ती गर्ने दस्ताबेज लेख्दै

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नयाँ आन्दोलनको शुरुवात गर्नका लागि आफूले दस्तावेज लेख्दै गरेको खुलासा गरेका छन्। बिहीबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कर्णाली प्रदेश कमिटीले प्रतिरोध दिवसका सन्दर्भमा सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले मुलुकमा पछिल्लो समय प्रतिक्रियावादी शक्तिहरू सलबलाउन खोजेको भन्दै त्यसविरुद्ध नयाँ क्रान्तिको आवश्यक रहेको बताए। रुकुमबाट सुर्खेतसम्म आउँदा बाटो–बाटोमा जनताले माया र स्वागत गरेको भन्दै उनले जनताले नयाँ ढंगले अघि बढ्न सुझाव पनि दिएको बताएका छन्।

‘जनताको न्यानो साथ र समर्थन छ, म केन्द्रीय समितिको बैठकको तयारीमा छु,’ प्रचण्डले भने, ‘त्यसका लागि नयाँ दस्तावेज लेख्दै छु, अब हामी नयाँ ढंगले अघि बढ्छौँ, फेरि नयाँ क्रान्ति, नयाँ आन्दोलन अगाडि बढाउने छौँ र नयाँ अभियानमा जाने छौं।’

‘हिजो हामीलाई मारेरै सिध्याउन खोजियो, नेताहरूको टाउकोको मूल्यहरू तोकियो, गाँउ घरमा दमन र अत्याचारको सीमा नाघेर हाम्रो आन्दोलन सिध्याउन खोजियो, तर सिधिएन,’ कार्यक्रममा बोल्दै उनले थपे, ‘बरु जति प्रतिक्रियावादीहरूले दमन गर्न खोजे आन्दोलन त्यति बलियो हुँदै गयो, विद्रोह झनै फल्दै गयो, विद्रोह बढ्दै जाँदा देशव्यापी हुँदै गयो, र अन्ततः प्रतिक्रियावादीहरू हाम्रो एजेण्डा मान्न पर्ने ठाउँमा आउन बाध्य भए।’

संघीयता, गणतन्त्र, समावेशी, समानुपातिकता, धर्म निरपेक्षता मान्नु पर्ने ठाउँमा प्रतिक्रान्तिहरु आइपुगेको उनले दाबी गरे। तर, विस्तारै जनता र पाटी नेतृत्वको सम्बन्ध केही खुकुलो जस्तो देखिएकाले यही मौकामा प्रतिक्रियावादीहरूले हेप्न थालेको उनले दाबी गरे। उनले भने, ‘हाम्रा उपलब्धिहरू उल्टाउन खोजेका छन्, त्यसविरुद्ध नयाँ आन्दोलन आवश्यक छ, त्यो आन्दोलन अब शुरु गरिनेछ।’

साथै प्रचण्डले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने दाबीसमेत गरे। ‘म मेरो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्न चाहान्छु, यो राष्ट्र र जनता आत्मनिर्णायको अधिकारका निम्ति अन्तिम समयसम्म लड्ने छु,’ उनले भने, ‘म यो कार्यक्रममार्फत् प्रतिक्रियावादीहरूलाई भन्न चाहान्छु, यदि तिमीहरू प्रतिक्रान्तितिर जान चाहेका हौँ भने तिम्रोविरुद्ध विद्रोहको एउटा नयाँ झण्डा उठ्ने वाला छ, त्यो तिमीहरूका लागि महङ्गो पर्ने छ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link