पोखरा। मानिसहरु अस्पतालमा बेड र आसियु नपाएर छट्पटिँदा पनि जनताको जीवन रक्षाको पहल गर्नुको साटो आफ्नो पार्टीको आन्तरिक समस्यामा अल्झने, प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको बचाउ गर्ने र समर्थनमै प्रदेश सरकार व्यस्त भएको आरोप पनि अविश्वास प्रस्तावमा उल्लेख गरिएको छ ।
‘प्रधानमन्त्रीले प्रतिनिधि सभा भङ्ग गर्ने, संवैधानिक निकायहरुलाइ समाप्त गर्ने गतिवधिलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्यो,समर्थन गर्यो । रोष्टममा उभिएर संविधानको सपथ खाएका मन्त्रीले संविधान विरोधी कार्यको वकालत गर्नुभयो’, अविश्वास प्रस्तावमा भनिएको छ ।
त्यस्तै नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र बनिसकेपछि मुख्यमन्त्रीले विश्वासको मत लिुनपर्नेमा संविधानले तय गरेको एक महिना वित्दा पनि नलिएर संविधानकै अवज्ञा गरेको समेत अविश्वास प्रस्तावमा आरोप लगाइएको छ । बिहीबार दर्ता भएको अविश्वास प्रस्तावमा २८ सांसदको हस्ताक्षर रहेको छ भने जनमोर्चाले चाहिँ प्रस्तावको पक्षमा मतदान गर्ने बताएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.