पोखरा।आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी आउने साथै चट्याङ र पानी पर्ने सम्भावना छ ।
देशका पहाडी तथा हिमाली जिल्लामा आंशिक हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा आज पनि हावाहुरी र चट्याङसहितको पानी पर्ने सम्भावना भएको हो ।
यसअघि शुक्रबार चट्याङसहित ठूलो पानी परेको थियो भने शनिबार ठूलो हावाहुरी आएको थियो । आज पनि हावाहुरी र चट्याङ पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.