Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

बयलगाडेहरु धरहरा चढेर परिवर्तनकामी शक्तिलाई दुत्कार्दैछन् : डा. भट्टराई

loading views..
Nepal Telcome

पोखरा। जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले परिवर्तनकामी शक्तिहरूलाई चिन्न आवश्यक रहेको बताएका छन्। लोकतन्त्र दिवसबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै डा. भट्टराईले अहिले परिवर्तनकामी शक्तिहरूमाथि आक्रमण भइरहेकोले परिवर्तनका वास्तविक शक्तिलाई चिन्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढेर परिवर्तनकामी शक्तिमाथि दुत्कारिरहेको आरोप उनको छ। १२ बुँदे समझदारी हुनुअघि रत्नपार्क वरिपरि बयलगाडे महावाणीहरू ओकलिरहेका ओलीले लोकतन्त्र दिवसको दिन धरहरामा चढेर परिवर्तनकामी शक्तिमाथि दुत्कारिरहेको भट्टराईको भनाई छ। परिवर्तन ल्याउने बेला केपी ओली रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै गरेको विषय सबैले याद राख्नुपर्ने उनले बताए।

‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र ७ दल बिच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो! बयलगाडे महावाणीहरू ओकलिँदै थिए! शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए! अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!’

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link