यो बर्ष पनि सबै परिक्षा स्थगित सीसीएमसीको सरकारलाई सिफारिस

यो बर्ष पनि सबै परिक्षा स्थगित सीसीएमसीको सरकारलाई सिफारिस

  • आइतबार, बैशाख १२ २०७८

पोखरा।कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.