खड्ग ओलीको ठाडो आदेशमा दीपक मनांगे मन्त्री बने

खड्ग ओलीको ठाडो आदेशमा दीपक मनांगे मन्त्री बने

  • बिहिबार, बैशाख १६ २०७८

पोखरा।विवादित छविका प्रदेश सांसद् राजिव गुरुङ उर्फ (दीपक मनाङे) गण्डकी प्रदेशको मन्त्री नियुक्त भएका छन् ।

प्रदेशसभामा आफूविरुद्धको अविश्वास प्रस्ताव प्रक्रियामा अघि बढिसकेका बेला मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । मनाङे स्वतन्त्र सांसद हुन् । उनले बिहीबारै प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेशसभामा यसअघि सत्ता पक्षको बेञ्चमा बस्दै आएका मनाङेले केही दिनअघि मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियतमा बस्ने ठाउँको छुट्टै व्यवस्था मिलाउन माग गरेका थिए । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन बिहीबार मनाङले संसदमा अनुपस्थित थिए ।

गुण्डागर्दी पृष्ठभूमिका मनाङे सांसद निर्वाचित भएपछि पनि केही समय थुनामा थिए । श्रोतका अनुसार प्रदेश सरकार टिकाउन प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । गुरुङ ओलीका बफादार मानिन्छन् ।

काँग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.