पोखरा। नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् । सीसीएमसीको शुक्रवारको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।
बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने र सरकारी कार्यालय पनि एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले संघीय मन्त्रीहरुलाई प्रदेशसँग समन्वय गर्न सिफारिस गरेको छ ।
बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको छ । उद्योगधन्दा सञ्चालन गर्ने भए मजदुर कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.