पोखरा। नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालय काठमाण्डौंमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।
महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको जनाइएको छ ।
महासंघका अनुसार आइसोलेसन सेन्टरमा हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । मेक्सिम इन्टरनेसनल ट्रेडिङ्का प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीका तर्फबाट दुईवटा सिलिण्ड प्राप्त भएको छ ।
काठमाडौं मेडिकल कलेज सिनामङ्लको परामर्शका आधारमा संक्रमित पत्रकारलाई अक्सिजन तथा अन्य स्वास्थ्य सम्बन्धी सुविधा उपलब्ध गराइने महासंघका महासचिव रोशन पुरीले बताउनुभयो ।
महासंघको अभिलेख भएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा २५२ जना सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३० र उपत्यका तीनवटा प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचाररत भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.