महन्थ समूहले ओलीलाई बिश्वाशको मत नदिने।

महन्थ समूहले ओलीलाई बिश्वाशको मत नदिने।

  • आइतबार, बैशाख २६ २०७८

पोखरा। जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई भेट्दै विश्वासको मतको आशा नगर्न भनेका थिए । हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले विश्वासको मत दिन सक्दैनौं, हामी तटस्थ बस्नेछौँ’ अध्यक्ष ठाकुरले ओलीलाई भने । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका थिए । ओलीले ठाकुर र महतोलाई जसपाका माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.