नेपाल टेलिकमको (भोएलटिइ)VoLTE सेवा शुरुवात, कसरी लिने ?

नेपाल टेलिकमको (भोएलटिइ)VoLTE सेवा शुरुवात, कसरी लिने ?

  • सोमबार, जेष्ठ ३ २०७८

पोखरा। नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरूमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा LTE प्रविधि अन्तर्गत VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ। विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा आजद्खि (२०७८ जेठ ३) प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा VoLTE सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ। माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले VoLTE सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा VoLTE एक्टिभेट गर्नुपर्दछ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई VoLTE कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा VoLTE को संकेत देखापर्दछ। VoLTE को संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ। नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट VoLTE भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ।

आफ्नो मोबाइल सेटले VoLTE सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न www.ntc.net.np/post/volte लिंक प्रयोग गर्न सकिन्छ। यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा[email protected] मा इमेल पठाउन पनि सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.