पोखरा।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयले आइतबार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने तथा आमाबाबु पत्ता नलागेका सन्तानलाई पनि नेपालमा जन्मेका आधारमा नागरिकता दिने अध्यादेशमा व्यवस्था गरिएको छ।
नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधिन अवस्थामा थियो। अहिले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको माग अनुसार सरकार नागरितासम्बन्धी अध्यादेश ल्याउन सहमत भएको हो।