Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए जेठ २मा फर्किन ओली सहमत

loading views..
Nepal Telcome

पोखरा। आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओलीनवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्।माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुरदेउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ गतेकोअवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ।  

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ को अवस्थामा फर्काउन तयार रहेको तरत्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन्।यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानैअवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन्। नेपालसमूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्नेबताएको स्रोतको दाबी छ।

माधव नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटीब्युँताई पार्टी २०७५ जेठ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जनाएको छ।

सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनकोबाटोमा लैजान नहुने यसका लागि ओली नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो।

संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशभट्टराई गोकर्ण बिष्ट सहभागी थिए। राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना पार्टीको वर्तमान अवस्थाबारेसमेत छलफल भएको स्रोतले जनाएको छ।  नागरिक दैनिकमा खबर  

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link