पोखरा। गृहजिल्ला रौतहट पुगेका काशी तिवारी हत्या आरोपी तत्कालीन माओवादीबाट नेकपा एमाले ओली समूहमा लागेका प्रभु शाहलाई स्थानीय लखेटेका छन् । श्रीमती मेयर भएको रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा श्रीमानलाई प्रमुख अतिथि बनाएको भन्दै स्थानीयले लखेटेका हुन् ।
मौलापुर नगरपालिकाको पाँचौं नगरसभामा प्रभु शाहलाई प्रमुख अतिथि बनाइएको थियो । आफ्नै श्रीमानलाई प्रमुख अतिथि बनाएको भन्दै अन्य दलका कार्यकर्ताहरुले विरोध गरेका थिए ।
भिड अनियन्त्रित भएर बढ्न थालेपछि दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार गरिएको स्थानीयले बताएका छन् ।प्रभु शाहकी पत्नी रीनाकुमारी मौलापुरको मेयर हुन्।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.