Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

गण्डकी प्रदेशमा भारी बर्षाको सम्भाबना।

loading views..

पोखरा।मौसम पूर्वानुमान महाशाखाले भोलि (बुधबार) देखि मनसुन सक्रिय हुने जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ ।

मनसुन सक्रिय भएसँगै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने छ ।

आज दिउँसो देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही देशका अधिकांश स्थानमा पानी पर्ने छ । त्यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागमा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ भने प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी तथा अति भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्