योगेन्द्रजंग बस्नेत
तपाईं हामी सबैलाई हाम्रो फोटोग्राफी कला र ब्यावसायलाई अर्को उच्च सम्मानित तहमा पुऱ्याउन चाहदैनौं?
अबश्य पनि पक्कै चाहन्छौं ।
हामी आफुले गरेका सकार कामहरु सकेसम्म धेरै मान्छेले हेरून् र थाहा पाउन् भन्ने कुरा सबैलाई लाग्छ। त्यसकारण तपाई हामी सबैले अंगालेको फोटोग्राफी बयबसायलाई कसरी समृद्ध बनाउने? हामीले हाम्रा फोटोग्राफीको उद्देश्य लाई कसरी पूरा गर्ने , फोटोग्राफीलाई एक उत्कृष्ट र नमुना योग्य ब्यबसाय बनाउन कस्ता कस्ता कार्य गर्न सकिन्छ? यी उद्देश्यको प्राप्तीको लागि हामीले धेरै माध्यमहरुलाई अपनाउन सक्छौं।आफूले बिभिन्न समयमा खिचिएका बिभिन्न प्रकृतिका फोटोहरुलाई आम दर्शक सम्म पुऱ्याउन र दर्शकको माया र हौसला प्राप्त गर्ने सबै भन्दा राम्रो बिधि भनेको बिभिन्न खाले फोटो प्रतियोगिता र प्रदर्शनीमा सहभागि भएर मात्र हुन सक्छ।अझ भन्नु पर्दा फोटो प्रतियोगितामा सहभागिता जनाएर आफूले क्यामेरामा कैद गरिएको भिन्न भिन्न प्रकृतिका फोटोहरुलाई आम दर्शक सम्म पुऱ्याउने,आफ्नो कामको उत्कृष्टता सार्बजनिक गर्ने र आफ्नो तस्बिरको बारेमा सके सम्म धेरै टिप्पणि लिने ।
फोटो प्रतियेगितामा सहभागी हुँदा प्राप्त गरिने फाइदा र सकार पक्ष हुन्।बास्तबमा नै फोटोग्राफरलाई कस्ता फाइदा हुन्छन् त यस्ता फोटो प्रतियोगिता जस्ता कार्यक्रमले जसलाई तल बुँदागत तबरबाट प्रष्ट पार्न जमर्को गरिएको छ।
•> फोटो प्रतिस्पर्धाले हामी ब्यबसायिक फोटो ग्राफरहरुलाई बजार अनुसार अर्थात स्थानिय चलन अनुसार र नयाँ तरिका र बिधि पत्ता लगाइ सही दिशामा ब्यावसायलाई अगाडी बढाउन सकिन्छ ।
•> आराम र सौखिन भएर पुरातन बिधिबाट फोटोग्राफी गर्न रूचाउने फोटोग्राफर बाहेकका फोटोग्राफरहरूलाई सौखिन क्षेत्रबाट बाहिर आएर अधुनिक तरिकाबाट ब्यावसायलाई अगाडी बढाउन मद्दत गर्दछ । साथै फोटोग्राफी कला र सीपलाई इज्ततिलो बनाउन ठूलो अबसर मिल्छ ।
•> उत्कृष्ट र पुर्णता हाँसिल गर्न सहयोग गर्दछ
कारण जानेका या नजानेका बिषयमा सजग रहेर र सिकेर काम गर्न मद्दत गर्दछ ।
•> आफ्नो काम, ब्राण्ड र ब्यावसायले ठूलो प्रचार पाउँछ। हजारौं फोटो प्रतियोगीले सहभागिता जनाएको यस्ता कार्यक्रममा टप पचासमा मात्र परे पनि या टप सयमा मात्र पर्न सके पनि दर्शकको आँखामा तपाई,हाम्रो फोटो पर्ने हुनाले बजार प्रबर्धन गर्न सरल र सहज हुन्छ ।
•> प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार र प्रमाण पत्र ले भबिष्यको लागि आफ्नो पेशामा उत्साह र सकार प्रेरणा मिल्दछ।जसका कारण देश बिदेशमा समते ब्यापी रूपमा प्रचार पाउन सकिन्छ । नयाँ र जानकार अनि स्थापित फेाटेाग्राफरहरूसँग धेरै कुरा सिक्ने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय यात्रा गर्ने सुबसर समेत प्राप्त हुने सम्भाबना रहन्छ। यस्ता अबसरहरु हाम्रो जीबन भोगाइमा बिरलै मात्र प्राप्त हुनेहुनाले जीबन र जगतकै उत्कृष्ट अनुभब हाँसिल गर्न सकिन्छ ।
•> हजारौं फोटोग्राफरहरु सहभागी हुने भएकाले सबैले उत्कृष्ट फोटो समाबेस गर्छन र ती सबै हेर्न सुबर्ण अबसर प्राप्त हुने हुनाले फोटोग्राफीमा नयाँ नयाँ आइडिया प्राप्त भएर आफ्नो पेशालाई थप उचाईमा पुऱ्याउन सकिन्छ ।
यस्तै अनेकन कारणहरू छन् फोटो प्रतियोगितामा एउटा ब्यबसायिक फोटोग्राफर सहभागिता हुँदा हुने फाइदाहरू ।