Skip to content
Pokharapress Logo
२२ मंसिर २०८२, सोमबार

एमालेको बिबाद समाधान उन्मुख भएन

loading views..

पोखरा।नेकपा एमाले कार्यदलको बैठक निष्कर्ष बिहीन भएको छ। सहमतिको प्रयासस्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक निष्कर्ष विहीन बनेको हो।

बैठकपछि एमाले नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै सहमति नभएको जानकारी दिए। ‘हामीले १० दिनदेखि खास प्रगति गरेका छैनौं’, उनले भने, ‘१० दिनअघि हामीले केही एजेण्डा तय गरेका थियौं। अनौपचारिक हिसावले हामीले छलफल गरेर ती एजेण्डा तय भएका थिए। त्यसमा हामीले प्रगति गर्न सकेका छैनौँ।’

विभिन्न कारणले सहमति हुन नसकेको भन्दै उनले आज साढे ११ बजे पुनः बैठक बसेर सहमति जुटाउने प्रयास हुने विश्वास व्यक्त गरे।हिजोको बैठकमा कार्यदलका सदस्य विष्णु पौडेल बैठकका सहभागी नभएका कारण  बैठकका खासै छलफल समेत हुन नसकेको उनको भनाइ छ। यस्तै बैठकपछि नेता सुवास नेम्वाङले बैठकबाट कुनै टुंगोमा पुग्न नसकिएको बताए। ‘हिजोको बैठकबाट केही टुंगोमा पुग्न सकिएको छैन। आज साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुऱ्याउँछ भन्नेमा हामी आशावादी छौँ’, नेम्वाङले भने।

उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए। आफूहरूबीच विषयवस्तुमा प्रवेश भइ छलफल भइरहेको र आज टुंगोमा पुग्न प्रयास गरिने उनले दोहोऱ्याए।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्