Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

सर्वोच्च अदालतले गऱ्यो संसद पुनः पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ ।राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको माग बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link