खड्ग ओलीलाई भित्तामा पुऱ्याउन माधब प्रचण्डबीच छलफल

खड्ग ओलीलाई भित्तामा पुऱ्याउन माधब प्रचण्डबीच छलफल

  • शनिबार, साउन २ २०७८

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका बिद्रोही नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड छलफलका लागि शनिबार दिउँसो साढे १ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच विकसित राजनीतिक घटनाक्रम र सरकारको विषयमा छलफल भएको कुरा प्रचण्डका प्रस संयोजक बिष्णु सापकोटाले बताए।

सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनर्स्थापना भएपछि भोलि संसदको दुवै सदनको बैठक बस्दैछ । सत्ता गठबन्धनको बलियो सारथी बनेको एमालेको नेपाल पक्षले सरकारलाई विश्वासको मत दिने जनाएको छ ।

दलहरुको संयुक्त संघर्षबाट प्राप्त संसदको बाँकी अवधिलाई जोगाउनका लागि नेपाल पक्षको मत अनिवार्य भएको छ । प्रचण्ड र नेपालबीच यस विषयमा समेत छलफल भएको बताइको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.