क्यमेरा चोर पक्राउ

क्यमेरा चोर पक्राउ

  • बुधबार, पौस १ २०७७

काश्की

कास्की प्रहरीले चोरीको सामानसहित दुई युवकलाई पक्राउ गरेको छ । रोल्पा स्थायी घर भई पोखरा बस्दै आएका १९ वर्षीय दीपक मगर र पोखरा महानगरपािलका–२२ पुम्दीभुम्दीका १९ वर्षीय अनिस बराईली पक्राउ परेका हुन् ।

उनीहरुले मंसिर २३ गते पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थितप्रविण बैधको घरमा रहेको क्यानन (इओएसडी) क्यामरा चोरी गरेको थिए ।

क्यामेरा चोरी भएपछि बैधले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । सोही आरोपमा उनीहरु पक्राउ परेको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले बताए ।

उक्त क्यामेराको अन्दाजी बजारमूल्य २ लाख ५० हजार रहेको छ । उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.