Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गण्डकी प्रदेशमा माकेको तीन मन्त्री थपिए।

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।लामो रस्साकस्सी पछि गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रको तर्फबाट थप तीन जना मन्त्रीको टुङ्गो लागेको छ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको बिहीबारको संयुक्त बैठकपछि तीन मन्त्रालय सम्हाल्ने गरी माओवादी केन्द्रको तर्फबाट सरकारमा जाने सांसदको टुङ्गो लागेको हो। गोरखाका लेखबहादुर थापा र तनहुँका हरिबहादुर चुमानले बिगतको अनुभबको आधारमा मन्त्रीपदमा दोहोरिन पाउनु पर्छ भनेर शक्ति केन्द्रलाई अन्तिमसम्म गरेको प्रयास बिफल भएको छ।

हाल काश्कीमा स्थायी बसोबास गर्दै आएका सांसद दिपक कोइराला पनि मन्त्रीहुने प्रतिशप्रर्धामा रहेका थिए तथापि यी सबै प्रयासलाई चिर्दै काश्कीका सक्षम ,मिलनशार ,त्याग,तपस्याबाट स्थापित  माओबादी केन्द्रका युवा नेता  रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक चर्तीले वन तथा वातावरणमा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

थप तीनैजना मन्त्रीको शपथ कार्यक्रम आज  दिउसो १ बजेका लागि तय भएको छ ।

त्यसो त यस अघि नै माओवादी केन्द्रको तर्फबाट सरकारमा सांसद मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनिसक्नु भएको छ।चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका निर्वाचित सांसद हुन।गोरखाबाट निर्वाचित जनताकामाझ निक्कै  लोकप्रिय युवा नेता जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री  तथा स्वतन्त्र सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री बनिसक्नुभएको छ  ।

कांग्रेश भित्रको आन्तरिक किचलोको कारण  मन्त्रीमा को जाने अझै टुंगो लागिसकेको छैन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link