पोखरा।जसपाको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्य देखिएका छन् ।
५१ सदस्यीय समितिमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना उभिएका छन् । केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् । निर्वाचन आयोगले गराएको सनाखत सकिएको छ ।
आजै ४ बजेपछि आधिकारितासम्बन्धी निर्णय आयोगले सुनाउनेछ । बहुमत संख्याका आधारमा यादव पक्षले आधिकारिकता प्राप्त गर्ने सम्भावना छ । आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न समय दिनेछ ।
१० वैशाख ०७७ मा यादव नेतृत्वका समाजवादी पार्टी र ठाकुर नेतृत्वको राजपाबीच पार्टी एकता भएको थियो । एकता पनि ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन भएको थियो । उक्त समितिमा ठाकुर पक्षका २६ जना सदस्य थिए ।
अहिले २६ सदस्यबाट १० जना यादव पक्षमा लागेका छन् । महेन्द्र राय यादवको नेतृत्वमा पहिला नै ६ जना यादव पक्षमा खुलेका थिए । सनाखत गर्ने क्रममा राजकिशोर यादव, मनिष सुमन र गोविन्द चौधरीलगायतका नेता थपिएका थिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.