Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

महन्थ ठाकुर समूह पार्टी बिहिन हुँदै

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।जसपाको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्य देखिएका छन् ।

५१ सदस्यीय समितिमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना उभिएका छन् । केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् । निर्वाचन आयोगले गराएको सनाखत सकिएको छ ।

आजै ४ बजेपछि आधिकारितासम्बन्धी निर्णय आयोगले सुनाउनेछ । बहुमत संख्याका आधारमा यादव पक्षले आधिकारिकता प्राप्त गर्ने सम्भावना छ । आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न समय दिनेछ ।

१० वैशाख ०७७ मा यादव नेतृत्वका समाजवादी पार्टी र ठाकुर नेतृत्वको राजपाबीच पार्टी एकता भएको थियो । एकता पनि ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन भएको थियो । उक्त समितिमा ठाकुर पक्षका २६ जना सदस्य थिए ।

अहिले २६ सदस्यबाट १० जना यादव पक्षमा लागेका छन् । महेन्द्र राय यादवको नेतृत्वमा पहिला नै ६ जना यादव पक्षमा खुलेका थिए । सनाखत गर्ने क्रममा राजकिशोर यादव,  मनिष सुमन र गोविन्द चौधरीलगायतका नेता थपिएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link