पोखरा। नेकपा (एमाले) भित्रै ५ महिना लामो अन्तरसंर्घष चर्काएका वरिष्ठ नेता माधव नेपालले अन्ततः नयाँ पार्टी गठन गर्ने भएका छन् । सरकारले दल विभाजन सम्बन्धी मंगलबार सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्दारा जारी भएसँगै नेपाल नयाँ पार्टी गठनको प्रक्रियामा अगाडी जान खोजेका हुन् । मंगलबार दिनभित्र केपी ओली र माधव नेपालले गरेको आ आफ्नो पक्षको बैठक र तयारीले अब एमाले एकीकरणको सम्भावना टरेको छ ।
नेपाल स्वंयमले मंगलबार आफु निकटका जनवर्गीय संगठनको कार्यक्रममा अब पार्टीको पूर्नगठन गर्ने बताएका छन् । ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ । अहिले पार्टी विभाजन भए पनि एकताको ढोका खुल्ला रहने छ । अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुन्छ ।’
वरिष्ठ नेता नेपालले प्रष्टैसँग नयाँ पार्टी खोल्ने सन्देश दिइसकेका छन् । त्यसमाथिओलीले निर्वाचन आयोगमा नेपाल पक्षका नेता प्रकाश ज्वालालाई कारवाही गरेर आफना मान्छे थप गरेर २६० जनाको केन्द्रीय कमिटि रहेको र त्यसलाई अध्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाउने देखि साउन २५ को निर्णयका आधारमा भन्दै माधव नेपाल सहित नेपाल पक्षका १४ सांसदलाई कारवाही गरिएको र हटाइएको पत्र समेत संसद सचिवालयमा मंगलबार नै पठाइसकेका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.