माकेले एमसीसीको बिरोध गर्ने

माकेले एमसीसीको बिरोध गर्ने

  • शुक्रबार, भाद्र २५ २०७८

पोखरा।सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेकै अवस्थामा संसदबाट पास हुन नदिने भएको छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् संघीय संसदमा प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीबारे अमेरिकाले चित्त बुझ्दो जवाफ नदिएकाले एससिसी संसदबाट पास नहुने बताए ।नेपाल सरकारले एमसीसीबारे सोधेको ११ बुँदे प्रश्नको जवाफ अमेरिकाले बुधबार पठाएको थियो। अमेरिकाले एमसीसी विशुद्ध आर्थिक सहयोग कार्यक्रम रहेको जनाउँदै यससँग इन्डो प्यासिफिक सैन्य रणनीतिको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको थियो।
त्यस्तै अमेरिकाले सम्झौता भइसकेकाले एमसीसीका कुनै पनि बुँदा संशोधन गर्न नसकिने पनि अडान लिएको थियो।

अमेरिकाले पठाएका जवाफ अध्ययन गर्दा एमसीसी संशोधन नहुने अडानका कारण नेपालको संसदमा प्रस्तुत गर्ने सम्भावना नरहेको गुरुङले बताए। ‘सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिइएको छ, त्यसलाई संशोधन गर्न पनि नसकिने भनेपछि अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न सकिँदैन,’ गुरुङले भने, ‘अब त्यसलाई संसदमा पेश गर्ने च्याप्टर क्लोज भयो ।’ एमसीसीलाई सोधिएको प्रश्नको जवाफ समेत उसले उल्टाइपल्टाई गरेर टालटुले दिएको उनले टिप्पणी गरेका छन्। एमसीसीकै विषयमा साझा धारणा बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच दुई घण्टा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.