Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्डको चाहना आत्मासमर्पण गरेर आत्माहत्या नगर्ने बरु लडेर मर्ने!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारी ढंगले लडनुको विकल्प नरहेको बताएका छन् ।

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासमा पूरा गर्न नसकेको जिम्मेवारी पूरा गर्न नसक्ने हो भने कि आत्महत्या रोज्नुपर्ने कि लडनुबाहेक अरु विकल्प नभएको बताए ।

“घाइते, अपांग, शहीद, वेपत्ता परिवार तथा आम जनताको सपनाको भारी मेरो टाउकोमा छ ।” अध्यक्ष प्रचण्डले भने, “अहिलेसम्म हामीले जे का लागि युद्ध गरेका थियौं, बलिदान गरेका थियौं, त्यो प्राप्त गर्न सकेका छैनौं । त्यसैले कि त हार मानेर आत्महत्या गर्नुपर्यो कि लड्नु पर्यो ।”

“तर हामी हार खान जान्दैनौं ।” अध्यक्ष प्रचण्डले भने, “त्यसैले अब नयाँ ढंगले, क्रान्तिकारी ढंगले लड्नुको विकल्प देख्दिनँ ।”

अध्यक्ष प्रचण्डले पार्टीमा युवाहरुको कमी नरहेको बताउँदै अबको राजनीतिक कमाण्ड युवाहरुको हातमा रहेको समेत बताए ।

विद्यार्थी नेताहरूलाई अब पार्टीको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव बुधबार बसेको स्थायी कमिटी बैठकमा राखेको सुनाउँदै अध्यक्ष प्रचण्डले विद्यार्थीमा नयाँ नेता आउने बताए । “अब हाम्रो लागि युवा नेताहरूको कमी रहेनछ । विद्यार्थी नेताहरू कम्युनिस्ट पार्टीको नेतृत्वको उत्तराधिकारीको रूपमा तयार भइसक्नुभएको रहेछ” उनले भने, “हिजोमात्र स्थायी कमिटीको बैठक थियो । मैले त्यहाँ अब हाम्रो लागि युवा नेताहरूको दुःख रहेनछ, केन्द्रीय समितिका नेताहरू तयार भइसक्नुभएको रहेछ भनेको थिए । मैले केन्द्रीय समितिमा राख्ने प्रस्ताव गरे ।”

विद्यार्थी संगठनबाट पार्टीको मात्रै नभएर मुलुकको राजनीति अगाडि बढाउने पुस्ता तयार भइसकेको दाहालको भनाइ थियो । “आज यो हलमा तपाईंहरूलाई हेर्दै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको मात्रै होइन नेपाली राजनितिमा उत्तराधिकारी तयार भएको देखे,” उनले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link