मेडिकल माफियाद्वारा पत्रकारको हत्या।

मेडिकल माफियाद्वारा पत्रकारको हत्या।

  • शुक्रबार, मंसिर ३ २०७८

पटना ।  भारतमा एक पत्रकारको हत्या भएको छ । बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका स्थानीय पत्रकार बुद्धिनाथ झाको हत्या भएको हो । २२ वर्षीय झाको अपहरणपछि हत्या भएको हो ।

झाको शव आधा जलेको अवस्थामा शनिबार सडकमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आशंका केही व्यक्ति पक्राउ परेका छन् । झालाई अज्ञात समूहले १२ नोभेम्बरमा अपरहण गरको थियो समाचार संकलनका क्रममा उनलाई विभिन्न पक्षले धम्की दिने गरेका मृतकका भाइले बताएका छन् । समाचार नछाप्न दबाब दिँदै एउटा समूहले दिएको ‘घुस’ उनले अस्विकार गरेका थिए । अस्पताल सञ्चालकको योजनामा उनको हत्या भएको पीडित परिवारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.