पोखरा। ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको आज (मंसिर २ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.