राष्ट्रियसभाको निर्वाचन माघ १२ गते

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते

  • शुक्रबार, मंसिर ३ २०७८

पोखरा।सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको जनाइएको छ ।

निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न सरकारसँग आग्रह गरेको थियो । त्यसअनुसार सरकारद्वारा निर्वाचनको मिति तोकिएको हो । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.