Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

नेपाल टेलिकम बन्यो सर्वाधिक कर तिर्ने कम्पनी

loading views..
Nepal Telcome

पोखरा।आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने विभिन्न व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ ।बुधबार अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार बिहान एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।

जसअनुसार सबैभन्दा धेरै कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ। निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा डाबर नेपाल प्रालि रहेको छ ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ भने व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको विभागले जनाएको छ ।

कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढि कर बुझाएको भन्दै सम्मानित भएको छ।भाटभटेनी पनि बढि कर तिर्नेमा परेको छ। भाटभटेनीका कल्याण गुरुङले सम्मान ग्रहण गरेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link