Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

आफूलाई आँखा चिम्म गरेर भोट हाल्न प्रचण्डको चितवनबासी जनतालाई अपिल

loading views..
Nepal Telcome

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र ‘भिलेन’ देखा परेकाले दुःख पाइएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘सपना त धेरै ठुलो देखेको हो, तर कम्युनिस्टभित्र एउटा भिलेन देखापरेपछि दुःख पाइयो ।’

‘पूर्व, मध्य र पश्चिम तीनवटै क्षेत्रमा नमुना जिल्लाहरु छानेर लालपुर्जा वितरण गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कोशिश गर्ने कामको सुरुवात गर्न भनेको छु’, प्रचण्डको भनाइ छ ।

उनले भने– ‘सायद केही दिनभित्र यहाँ लालपुर्जा वितरण र भूमि व्यवस्थापनको काम सुरु हुन्छ । म चुनावमा अर्कोचोटी भोट माग्न आएँ भने लालपुर्जा वितरणले पनि एउटा नयाँ गति लिइसक्छ र तपाईंहरुले आँखा चिम्लेर भोट हाल्नुहुन्छ भन्ने विश्वास छ ।’

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link