Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

एमाले महाधिवेशनमा मंसिर १२ गते मतदान

loading views..

पोखरा। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ ।
मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने महाधिवेशन निर्वाचन आयोगका सचिव बाबुराम दाहालले जानकारी दिए ।
उनले उदघाटनसत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ ।
आयोगका सचिव दाहालले मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिए । महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५–१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । महाधिवेशनमा एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
उम्मेदवारीको मनोनयन गरिसकेपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ ।
एउटा मेसिनमा २२ देखि २३ जनाले मतदान गर्ने व्यवस्था गरिएको बताए । निर्वाचनमा ५० किसिमका विद्युतीय मतपत्र रहनेछन् ।
महाधिवेशनमा एमालेले निर्वाचनका लागि ९२ वटा मेसिनको प्रयोग गर्नेछ छ । दाहालले महाधिवेशनस्थलमा तीनवटा मेसिन र मोबाइलबाट नमूना मतदान गराइने बताए । राम–लक्ष्मण दाजुभाइले बनाएको मेसिन निर्वाचनमा प्रयोग गर्न लागिएको हो ।
पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्