पोखरा। नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि संस्थापन इतर समूहको साझा उम्मेदवार तय गर्न बुधबार बसेको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश पोखेका छन् । साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति हुन नसकेपछि पौडेलले सके मिलौ नसके आफू राजनीतिबाट नै सन्यास लिने अभिव्यक्ति दिएका छन् । डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबीबाट पछाडि नहटेपछि पौडेल आक्रोसित भएका थिए । उनले भने ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्यास लिन दिनोस् ।’ पौडेल आक्रोसित रुपमा प्रस्तुत भएको रामशरण महतले बताएका छन् । सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतका नेताहरु सहभागी थिए । प्रकाशमानले सभापतिको दावी नछाड्ने बरु एक्लै चुनाव लड्ने भनेपछि पौडेल आक्रोशित बनेको नेताहरुको भनाइ छ । सिंहले जस्तै शेखर कोइरालाले पनि अडान नछाड्ने बताएपछि पौडेल थप तनावमा परेका हुन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.