पोखरा। सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित अमरेशकुमार पार्टीको क्षेत्रीय अधिवेशनमा पराजित भएका छन् । सिंहविरुद्ध बनाइएको गठबन्धनले उनको टिमलाई नै पराजित गरेको छ ।
शेखर कोइराला पक्षमा रहेका सिंहविरुद्ध शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष एक भएका थिए ।
अमरेशविरुद्ध बनेको गठबन्धन क्षेत्रीय सभापतिदेखि महाविधेशन प्रतिनिधिसम्म सबै पदमा एकलौटी विजयी भएको छ । अमेशकुमार सिंहलाई हराउनका लागि सोही क्षेत्रका प्रदेश सांसदहरु उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह एक भएका थिए । अमरेशको पकड भएको तीन वडामा अधिवेशन हुन नदिइएपछि उनी हार्ने आँकलन पहिले नै गरिएको थियो ।
अमरेशले केही दिनअघि पार्टीको केन्द्र र सरकारसमेत आफूलाई हराउन लागि परेको आरोप लगाएका थिए ।
अहिले सर्लाहीमा अधिवेशन गराउन अरुण ज्ञवालीलाई चौथो निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । उनी पनि सुरक्षाका लागि सिडिओ क्वाटरमा बसेका छन् ।
यस्तै मंगलबार राति नै सर्लाही क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनको नतिजा आएपनि औपचारिक रुपमा परिणाम घोषणा हुन बाँकी छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.