Skip to content
Pokharapress Logo
२६ मंसिर २०८२, शुक्रबार

माओवादीले प्रदेश कमिटिमा पदाधिकारी संख्या बढायो

loading views..

पोखरा। नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रदेश कमिटीका पदाधिकारीको संख्या बढाएको छ । बिहीबारको स्थायी कमिटी बैठकले प्रदेशमा ७ जनाबाट बढाएर ९ जना पदाधिकारी बनाउने निर्णय गरेको हो ।

यससँगै अब माओवादी केन्द्रको प्रदेश कमिटीमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् ।

प्रवक्ता कृष्णबहादुर महराकका अनुसार माओवादीले प्रदेश समितीमा सदस्यहरूको संख्या पनि बढाएको छ । जसअनुसार प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश कमिटी बन्नेछ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्