पोखरा। नेपाली कांग्रेसको उपसभातिमा धनराज गुरूङ र पुर्णबहादुर खड्का निर्वाचित बनेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।
गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । भने देउवा समुहकै पुर्णबहादुरले दुई हजार १२१ मत ल्याएर साथै शेखर कोइराला समुहका धनराजले एक हजार ९०८ मत प्राप्त गरेर बिजयी बनेका हुन् । खड्का निवर्तमान महामन्त्री थिए भने गुरुङ केन्द्रीय सदस्य थिए । देउवा समुहबाट उपसभापतिका उम्मेदवार विजय कुमार गच्छदारले एक हजार ९०६ मत प्राप्त गरे । धनराजले झिनो मतले गच्छदारलाई पराजित गरेका हुन् । कोइराला समुहका उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले एक हजार ५८० मत पाएका छन् ।
प्रकाशमान सिंह समुहबाट उपसभापतिमा मैदानमा उउत्रेकी सुजाता कोइरालाले ६४४ मत ल्याएकी छिन् । महेश आचार्यले ५८९ मत ल्याए । बिमलेन्द्र निधि समुहबाट उपसभापतिमा उम्मेदवार बनेकी दिब्यश्वरी शाहले १३२ मत प्राप्त गरेकी छिन् ।महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचित हुँदैछन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.