पोखरा। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दीनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । गौतम लाई ६१ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १२३ मत ल्याए । गौतमले ६२ मत ल्याए । सचिवमा इन्द्र बहादुर थिङ छिन्ताङ निर्वाचित भएका छन् । सचिवका अर्का उम्मेदवार रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उपाध्यक्ष ३ जनामा रुपा महर्जन, रामप्रसाद ढुगाना ,प्रेम बहादुर पुलामी , सहसचिव ३ जनामा प्रकाश श्रेष्ठ , दलबहादुर बुर्लाकोटि र माधब लामिछाने बिजयी भएका छन । माओवादीले प्रदेश सम्मेलनमा पहिलोपटक आन्तरिक निर्वाचनको बिधिबाट बागमती प्रदेशको पदाधिकारी चयन गरेको हो । काठमाडौं को बत्तिसपुतली को अनुपम फुडल्यान्डमा राति सम्म भएको मतदान भएको थियो ।रातिनै मतगणनाको मत परिणाम सार्वजनिक गरेर प्रदेश पदाधिकारी घोषणा गरिएको हो। कुल २७५ मतदातामा २६१ मत खसेको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.