स्थानीय चुनावसम्म कांग्रेश गठबन्धनमा रहिरहने!

स्थानीय चुनावसम्म कांग्रेश गठबन्धनमा रहिरहने!

  • बुधबार, माघ ५ २०७८

पोखरा। सत्तारूढ दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकजुट भएका छन् । गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरूको बैठकले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचीव रमेश मल्लका अनुसार अरु थप विषयमा छलफल र निर्णयको लागि आगामी ६ माघमा पुनः गठबन्धन समन्वय समितिको बैठक बस्ने भएको छ । निर्वाचन आयोगले आगामी वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने भन्दै सरकारलाई भनिरहेको छ । उसले वैशाखसम्ममा निर्वाचन सक्नुपर्ने र आफूहरूलाई तयारीका लागि १२० दिन चाहिने भएकाले तत्काल निर्वाचनको मिति तोक्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.