Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

बढ्यो पेट्रोलियम पदार्थको भाउ!

loading views..

पोखरा। सरकारले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।कोरोना भाइरसको महामारीबीच नेपाल आयल निगमले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ भने हावाई इन्धनको मूल्य ५ रुपैयाँ बढाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्