ईशा बनिन नेपाली कांग्रेश काश्कीको कान्छी केन्द्रीय महाधिबेशन प्रतिनिधि

ईशा बनिन नेपाली कांग्रेश काश्कीको कान्छी केन्द्रीय महाधिबेशन प्रतिनिधि

  • बिहिबार, मंसिर १६ २०७८

पोखरा। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला क्षेत्र नं १ बाट २४ वर्षिय इन्जिनियर ईशा बराल केन्द्रीय महाधिवेशन प्रतिनधि बन्न सफल भएकी छन् ।
उनी कास्की जिल्लामा नेपाली कांग्रेसको सबैभन्दा कान्छी महाधिवेशन प्रतिनधि हुन् ।
वि.पी को सिद्धान्तबाट प्रभावित उनी देश विकास एवं समृद्धिका लागि युवा राजनीतिमा आउनु पर्छ भन्ने धारणा राख्छिन् । स्वतन्त्रता एवं निष्पक्षताको अनुयायी गर्ने ई. बराल आफूले अवसर पाएमा महिला, अपाङ्ग एवं सम्पूर्ण समुदायका व्यक्तिहरूको हक हितको लागि आवाज उठाउने बताउँछिन् । नेपाली राजनीतिमा पढे लेखेका युवा/युवति सक्रिय राजनीतिमा निकै कम लागेको अवस्थामा आफु जस्तै अरु संकायका विद्यार्थीहरुलाई पनि इमान्दारिताको राजनीतिमा आउन उनी प्रेरित गर्छिन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.